न्याम्सको चौथो दीक्षान्त समारोहमा ५४१ जना दिक्षित
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा ५४१ जना दिक्षित हुनुभएको छ । दीक्षान्त समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५४१ जनाले उपाधि पाउनुभएको हो ।
न्याम्सका शैक्षिक कार्यक्रमहरु वीर अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालल हृदय केन्द्र बाँसबारी , परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली , पाटन मानसिक अस्पताल, तीलगंगा आँखा केन्द्र, सिभिल अस्पतालहरुमा सञ्चालन हुँदै आएको छ ।
त्यसैगरी नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, कीर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको छ।
न्याम्सका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा असोज १८ गते (आज) काठमाडौँको प्रज्ञा भवन कमलादीमा चौथो दीक्षान्त समारोह भएको हो ।
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत