'आँखा जाँचपछि मात्रै स्कुल भर्ना गर्ने नियम बनाए राम्रो हुन्छ'
नेपालमा कुल जनसंख्याको ०.३५ प्रतिशतमा अन्धोपन छ । यो भनेको करिब १ लाख २० अन्धोपन अन्धोपनको समस्या छ । यहाँ अन्धोपन बनाउने मुख्यारोग मोतियाविन्दु हो ।
त्यसपछि आँखाका नानीका रोगहरु, जलविन्दु, आँखाको रेटिनाका समस्या, चोटपटकले गर्दा हुने अन्धोपन, भिटामिनको कमीले पनि अन्धोपन हुनसक्छ।
यसमा पनि मुख्य रोग मोतियाविन्दु, जलविन्दु नै हुन् । अन्धो बनाउन ५० देखि ६० प्रतिशत भूमिका मोतियाविन्दुको नै हुन्छ । अन्यको भूमिका भनेको ६ प्रतिशत, ५ प्रतिशत, ४ प्रतिशत यस्तै हुन्छ ।
बच्चा जन्मदैँ अन्धो हुने सम्भावना निकै कमै हुन्छ । पछि विविध कारणले आँखामा समस्या आउँछ । अहिले नेपाल मा करिब ३० हजार २०० जना बालबालिकामा अन्धोपनको समस्या छ।
के हो मोतियाबिन्दु ?
विषेश गरी ५० वर्षको उमेर नाधेपछि यो रोग देखा पर्छ । आँखाको भित्र लेन्स भन्ने भाग हुन्छ । लेन्स विस्तारै मधुरो हुँदै जोन वा यसमा जालो पर्दै जान्छ । त्यसका कारण त्यो पारदर्शी हुनपर्नेमा त्यो सेतो भएर जान्छ । सेतो जालो लागेपछि दृष्टि मधुरो हुँदै गएर आँखा बन्द हुन्छ ।
लामो समयसम्म कडा औषधि खानुपरेका कसैलाई उमेर नपुगीकन पनि मोतियाविन्दु हुनसक्छ । आँखामा चोटपटक लागेमा पनि हुनसक्छ । कतिपय चाँही जन्मँदै पनि मोतियाविन्दु रोग लिएर जन्मिन हुनसक्छ । बाबुआमामा मोतियाविन्दु छ भने छोराछोरीमा हुनसक्ने सम्भावना केही हदसम्म रहन्छ ।
बेलैमा जाँच गरी शल्यक्रिया गर्दा मोतियाबिन्दुबाट छुटकारा पाउन सकिन्छ । अन्धोपन बनाउने कारण मध्ये ८० प्रतिशत कारणलाई बेलैमा उपचार गर्यो भने रोकथाम तथा निदान गर्न सकिन्छ ।
निको नहुने आँखा रोग
निको बनाउन नसक्ने केही आँखा रोगहरू पनि छन्।अणुवंशिकतामा आधारित रोगहरु चाँहि निदान गर्न नसक्ने खालका हुन्छन् ।
जलविन्दु पनि पूर्णरुपमा निको हुँदैन । बेलैमा पत्ता लगाउँदा आँखाको थप क्षति हुनबाट बचाउन भने सकिन्छ । तर जलविन्दुमुक्त अवस्था भने बनाउन सकिँदैन ।
आँखाको पर्दा सम्बन्धि केही रोगहरु पनि निको पार्न नसक्ने खालका हुन्छन् । रेटिनेटिक पिगमेन्टोसा(आरपी) भन्ने रोग हुन्छ । आँखाको रेटिनामा कालकाला दाग बसेर रेटिनामा आँखाको ज्योति फर्काउन गाह्रो हुन्छ ।
कुनै कुनै चाँही रेटिनामा ट्युमर पनि हुन्छन् । यसमा आँखा नै हटाएर फाल्नुपर्ने पनि हुनसन्छ । यस्तो अवस्थामा उपचार नहुने अर्काे आँखा जोगाउने मात्रै हुन्छ ।
बिरामी र उपचारमा असन्तुलन छ
नेपालमा गाउँमा रोग बढी छ । तर त्यहीँका मान्छे उपचारको पहुँचबाट टाढा छन् । आँखा अस्पताल तथा उपचार केन्द्रहरू शहर केन्द्रीत छन् । सदरमुकाम तथा तराईका जिल्लामा मात्रै छन् ।
सबै जनताले एकनासले सेवा पाउनसक्ने अवस्था छैन । जहाँ-जहाँ सुविधf छन् त्यहाँ प्रविधि र जनशक्तिको अवस्था राम्रो छ । तर दुर्गममा जनशक्ति र आँखा उपचारको राम्रो प्रबन्ध हुन सकेको छैन ।
नेपालमा आँखा उपचार गर्न भनेर भारतबाट पनि विशेष गरी तराईका अस्पतालहरुमा धेरै आउने गर्छन् । भारतको तुलनामा सस्तो र सुलभ छ भनेर । त्यै पनि नेपालमै धेरैले आँखाको उपचारबाट वञ्चित छन् ।
आँखा उपचारको प्रविधि र जनशक्ति दुवैलाई उचित परिचालनको आवश्यकता छन् । अहिले भएका जनशक्तिहरु दुर्गममा जान नचाहने अवस्था छ ।
अन्धोपना भएका व्यक्ति कता धेरै छन् । त्यो आधारमा नीति बनाएर सरकारले काम गर्नुपर्ने देखिन्छ ।
नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ, तथा नेत्र सहायकहरू धेरै छन् अहिले । ती सीमित ठाउँमा केन्द्रीत छन् । यसको व्यवस्थापन आवश्यक छ ।
आँखा उपचारको सवालमा सरकारी क्षेत्रमा दरबन्दी पर्याप्त हुन सकेको छैन । अत्यन्तै कम छ । २०७६ बाट सरकारले आँखा स्वास्थ्यलाई पनि प्राथमिक स्वास्थ्यमै राखेकाे छ तर त्यो अनुसार कार्यान्वयन हुन सकेको छैन। अब हुन्छ कि भन्ने आशा गर्न सकिन्छ ।
आँखा बचाउन के गर्ने ?
सानै उमेरदेखि आँखालाई ध्यान दिनुपर्छ । बच्चा जन्मेको केही दिनपश्चात नै उसको आँखा ठिक छ कि छैन. हेर्ने सकेको छ कि छैन भनेर जाँच गर्नुपर्छ । केही छ भने बेलैमा उपचार गर्ने पाइन्छ । आँखाको थप क्षति हुनबाट बचाउन सकिन्छ।
अनि स्कुल जाने बेला भएपछि पनि बच्चाको आँखा एक पटक जाँच गर्नु उचित हुन्छ । स्कुलमा त अलि टाढा पनि हेर्नुपर्ने हुन्छ । बच्चाहरु स्कुल जाने बेलामा भिजन सर्टिफिकेटको सिस्टम लागू गर्नसक्यो भने धेरै राम्रो हुन्छ ।
यसकाे मतलब स्कुल भर्ना गर्नुअघि उसको आँखाको अवस्था कस्तो छ जाँच गरेर मात्रै भर्ना गर्ने सिस्टम भएमा बेलैमा आँखाको समस्या पत्ता लाग्न सक्छ । समस्या भए समयै उपचार गर्न सकिन्छ ।
हाम्रो शरीरमा रहेका अन्य रोगहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड भिरंगी आदिले पनि आँखामा पनि प्रभाव पर्न सक्छन् । यी रोगको बेलैमा पहिचान र निदान गर्नु पर्छ।
आँखामा समस्या भएर एक पटक चस्मा लगाएपछि त्यत्तिकै छाड्ने वा वर्षाैसम्म एउटै चस्मा लगाउने होइन । ६ महिना वा एक वर्षमा देखाउनु पर्छ चस्माको पावर मिलाउनुपर्छ । सबै कुरा सामान्य भएमा चस्मा छाड्न पनि सकिन्छ । तर जाँच गराएर अवस्थाको जानकारी लिनुपर्यो । दिनमा कम्तिमा २ पटक आँखालाई राम्ररी पखाल्नुपर्छ ।
धेरै डिजिटल डिभाइसहरु हेर्दा समय–समयमा आराम गरेर हेर्ने गर्नुपर्छ । अलिदूरीमा राखेर हेर्ने, सुतेर ढल्केर, कोल्टेफेरेर हेर्नु भएन । पढ्दा पनि उचित पोजिसजनमा बसेर पढ्नुपर्छ।
कतिपय बिरामीहरु सीधै सूर्यग्रहण हेरेका कारण आँखा मधुरो भएको भन्दै जचाउन आउँछन् । यही कारणले अन्धो बनाइरहेकाे पनि पाइन्छ । त्यसैले सीधै सूर्यग्रहण हेर्नु हुँदैन।
जे पायाे त्यही औषधि आँखामा हाल्नु हुँदैन । डाक्टरलाई नसोधीकन औषधि पसलबाट औषधि किनेर आँखामा हाल्नु हुँदैन । लेअपढ गर्दा धेरै कम उल्यालो र धेरै उज्यालोमा नभई ठिक्क उज्यालोमा पढ्नु पर्छ ।
४ घण्टा भन्दा बढी डिजिटल डिभाइस हेर्ने, ल्यापटप, मोबाइलहरू चलाउँने काम गर्नुपर्दा एन्टि ग्लेयर चस्मा लगाउनुपर्छ । जसले आँखाको क्षति हुनबाट जोगाउँछ ।
सुन्तुलित भोजन खानुपर्यो । १५ वर्षमुनिको बच्चामा सन्तुलित खाना भएको खण्डमा केही हदसम्म आँखाको दृष्टि कम हुनबाट बचाउन सकिन्छ । बच्चा उमेर पार गरिसकेको अवस्थामा वा आँखामा समस्या भइसकेपछि भने खानपानबाट सुधार हुँदैन । आँखालाई धेरै
दुई वटा आँखाले बराबर काम गरेको छ छैन भन्नेमा ध्यान दिनुपर्छ । दुई वटा आँखाले बराबर काम गरेजस्तो नलागेमा तुरुन्त जाँच गराउनुपर्छ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत सहप्राध्यापक दृष्टिरोग विशेषज्ञ डा.भट्टराईसँग गरिएको कुराकानीमा आधारित
डा.सञ्जीव भट्टराई
तपाईँको अभिमत