मुखलाई स्वस्थ राख्न के गर्ने के नगर्ने ?

मानिसको मुख महत्वपूर्ण अङ्ग हो । यसको स्वस्थता अपरिहार्य हुन्छ । मुखमा विभिन्न प्रकारका समस्या हुन्छन् । जस्तै; दाँत क्षय हुने, गिजाका रोगहरू, मुखको क्यान्सरलगायतका समस्या हुन सक्छन् । प्रायः जसो मुखका समस्याको रोकथाम गर्न सकिन्छ ।
रोकथामका लागि मुख स्वस्थ राख्ने केही उपाय रहेका छन् :
के गर्ने ?
– प्रत्येक दिन कम्तिमा दुई पटक फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्ने (खानेकुरा खाएपछि सधैँ दाँत माझ्ने)
– दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्ने,
– सधैँ सन्तुलित भोजन गर्ने, गुलियो खानेकुरा कम गर्ने,
– प्रत्येक वर्ष कम्तिमा एक पटक दन्त चिकित्सकलाई जँचाउने,
– कुनै मुखसम्बन्धी समस्या देखा परेमा स्वास्थयकर्मीसँग सल्लाह लिने ।
के नगर्ने ?
– सुर्तीजन्य पदार्थको सेवन नगर्ने,
– मद्यपान नगर्ने,
– सुपारीको सेवन नगर्ने ।
तपाईँको अभिमत