देशभर १७ जनामा हैजा पुष्टि, कहाँ कति ?

अ +
अ -
मुलुकभर १७ जनामा हैजा पुष्टि भएको छ । राजधानी काठमाडौंसँगै मुलुकका विभिन्न सहरमा हैजा संक्रमण पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुकाअनुसार सोमबारसम्म १७ जनामा हैजा पुष्टि भएको हो ।
काठमाडौंमा ३ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ७ र धनगढीमा ७ जनामा हैजा पुष्टि भएको महाशाखाले जानकारी दिएको छ ।
यस वर्ष ललितपुरमा पहिलोपटक हैजा पुष्टि भएको थियो । लगातारको वर्षा र त्यसपछिको पिउने पानी तथा खानेकुराबाट हैजा संक्रमणको जोखिम बढेको हो ।
यससँगै महाशाखाले विभिन्न सरोकारवालाहरूसँग नियन्त्रणसम्बन्धी छलफल गरिरहेको बताएको छ ।
तपाईँको अभिमत