कोरोनाको अहिलेको स्थिति डराउनपर्ने होइन, कारण यी हुन् :
अहिले नेपालसहित ७७ वटा देशमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएको छ । विश्व स्वास्थ्य संगठनले अभूतपूर्व गतिमा ओमीक्रोन फैलिरहेको र अरु थुप्रै देशमा पहिला देखिनै यो भेरियन्ट रहेको हुनसक्नेतर्फ सचेत गराएको छ । ओमीक्रोन भेरियन्टबाट संक्रमित भएकाहरुमा सामान्य लक्षणहरु देखिएका छन् । यसै सन्दर्भमा टेकु अस्पतालका पूर्वनिर्देशक एवं ट्रपिकल मेडिसिन प्रमुख कन्सलटेन्ट डा.अनुप बाँस्तोलाले जनस्वास्थ्यका मापदण्ड अपनाए यो भेरियन्टबाट पनि जोगिन सक्ने भन्दै नआत्तिन आग्रह गर्नुभएको छ । ओमीक्रोन भेरियन्ट तथा कोरोनाको पछिल्लो अवस्थाबारे संक्षिप्त जानकारी उहाँकै शव्दमा :
कुनै पनि भाइरसहरु समुदायमा फैलिदै जाँदा यसले स्वरुप परिवर्तन गर्छ र ती परिवर्तित स्वरुपलाई हामीले नामाकरण गर्छाै । जसरी हामीले कोरोना भाइरस पहिलो मूल भाइरसबाट अहिले रुप परिवर्तन गर्दै अल्फा भेरियन्ट, डेल्टा भेरियन्ट नामकरढा गर्र्र्याैं अहिले पछिल्लो समय दक्षिण अफ्रिकामा नयाँ किसिमको भेरियन्ट पत्ता लाग्यो । जसलाई ओमीक्रोन भनेर नामकरण गरियो।
यो कोरोना भाइरसको एक किसिमको नयाँ भेरियन्ट हो । दक्षिण अफ्रिकामा यो भाइरस देखिए लगत्तै कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या बढेर गएको देखिन्छ ।
युवा पुस्तामा यसले विशेष गरी सामान्य लक्षणहरु गरेको देखिन्छ । जस्तै ज्वरो आउने, शरीर दुख्ने, अलिकति सुख्खा खोकी लाग्ने जस्ता लक्षणहरु मात्र देखिएको छ । यी लक्षण देखियो भन्दैमा हामी आत्ती हाल्नु पर्ने, डराउनु पर्ने स्थिति छैन । यसका दुई वटा कारणहरु छन्, एउटा मुख्य कारण ओमीक्रोन आफैंमा कस्तो किसिमको भाइरस हो यसले कस्तो किसिमको जटिलता ल्याउँछ अध्ययनको विषय छ । प्रारम्भिक रुपमा हेर्दा यसका लक्षणहरु सामान्य रुपमा रहेको बुझिन्छ ।
विभिन्न किसिमका खोपहरुको यो विरुद्ध काम गर्छन् भन्ने अध्ययन अनुसन्धामा आगाडि आइरहेका कुराहरु छन्, अझै अध्ययन अनुसन्धान हुँदै गइरहेको अवस्था छ । हामीले मुख्य कुरा बुझ्नपर्ने के छ भन्दाखेरी कोरोना भाइरसको हामीसँग विद्यमानन्र रहिरहेको डेल्टा भेरियन्ट जुन किसिमको यसले पार्ने प्रभावहरु छ, खोप नलगाइएका व्यक्तिहरु, वृद्ध व्यक्तिहरु, दीर्घरोगी व्यक्तिहरुमा यसले निमोनिया ल्याउने, सारो बनाउने समस्याहरु देखिएको छ । हामी अहिले डराउनपर्ने स्थिति होइन ।
हामीले अन्य कोरोना भाइरसका भेरियन्टहरुसँग जसरी लड्यौं, जुध्यौंँ । कोरोना भाइरसको कुनैपनि भेरियन्टबाट जोगिनका लागि अपनाउनपर्ने अचुक औषधि भनेको मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने, हात स्यानिटाइज गर्ने, लक्षण देखिएका व्यक्तिहरुले परीक्षण गराउने, जो व्यक्तिहरु पोजेटिभ आएका छन्, ती व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु क्वारेन्टिनमा बस्ने, परीक्षण गराउने । यी कुराहमा ध्यान दियौं भने हामी कोरोना भाइरसको संक्रमणबाट बच्न सक्छौंँ र परिवारका सदस्यालाई वा अन्य व्यक्तिलाई जोगाउनलाई मद्धत पुर्याउन सक्छौँ ।
कोरोना भाइरसका लडाँइमा अर्काे एउटा मुख्य पिलर भनेको खोप हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले खोपको सर्वसुलभता गरेको छ । खाेप अभियानहरु चलिरहेका छन् । जो व्यक्तिहरु अहिलेसम्म खोप लगाउनु भएको छैन, खोपको पहुँचमा पुग्नु भएको छैन, वृद्ध व्यक्तिहरु जो खोप नलगाई बस्नु भएको छ ती व्यक्तिहरु तुरुन्त नजिकको खोप केन्द्रमा खोप लगाउन जरुरी छ । कोरोना भाइरसको लडाँइमा हामी सबैजना एकजुट भएर मापदण्ड पालना गर्ने, खोप अभियानमा सहभागी भई, यो कोरोना भाइरसको लडाँइ लड्नुपर्नेछ । हामी पक्कै पनि जित्नेछौ ।
हेल्थपाटी
तपाईँको अभिमत