पत्रकारलाई कोरोना खोपको व्यवस्था गर्न सर्वोच्चको आदेश
अ +
अ -
काठमाडौं । सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुडालको एकल इजलासले आज अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
पत्रकारको पेसागत प्रकृति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमै रहनुपर्ने विशेष परिस्थितिलाई मध्यनजर गरेर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्चले भनेको हो ।
अधिवक्ता लीलानाथ घिमिरेले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत