नेपालमा कोरोना विरुद्धको रुसी खोपलाई पनि आपत्कालिन प्रयोगको अनुमति
अ +
अ -
काठमाडौं । नेपालमा रुसमा निर्मित कोरोना विरुद्धको खोप 'स्पुतनिक भी' लाई पनि आपत्कालिन प्रयोगको अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले स्पुतानिकलाई आपत्कालिन प्रयोगको अनुमति दिएको जानकारी दिएको छ ।
यो खोप पनि २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा २ महिनासम्म भण्डारण गर्न मिल्ने छ । यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिले लगाउन सक्नेछन् ।
नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेलले आपत्कालिन प्रयोगको अनुमति पाइसकेका छन् । आजदेखि दोस्रो मात्राको खोप अभियान चलिरहेको छ । अभियानमा कोभिशिल्ड प्रयोग भइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत