बालबालिकालाई कुपोषणबाट जोगाउन ललितपुर १३ मा लिटो वितरण (भिडियो)
बालबालिकालाई कुपोषणबाट जोगाउन ललितपुर महानगरपालिका वडा नम्बर १३ मा लिटो वितरण गरिएको छ । वडामा बसोबास गर्ने दुई वर्षमुनिका बालबालिकालाई निःशुल्क लिटो दिइएको हो ।
नगर स्वास्थ्य केन्द्रका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक मधुकरमणि आचार्यका अनुसार मंगलबार ३२ जनालाई लिटो वितरण गरिएको छ । तीमध्ये नियमित रूपमा आइरहेका १६ र पहिलोपटक १६ जना रहेका छन् । 'केही समयअघि वडाका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकाहरू घरदैलोमा गएर स्वास्थ्य शिक्षा सचेतना गरेपछि नयाँ बालबालिका आएका छन्', आचार्यले भन्नुभयो ।
आचार्यका अनुसार वडामा स्थायी बसोबास गरिरहेका तथा अस्थायी रूपमा रहेका परिवारका सन्तानलाई लिटो दिइँदै आइएको छ । त्यस्तै केन्द्रमा स्वास्थ्य परीक्षण गर्न पुग्ने जुनसुकै स्थानका बालबालिकालाई कुपोषणबाट जोगाउने उद्देश्यले लिटो प्रदान गर्दै आइएको छ ।
वडाले हरेक महिनाको १३ गते लिटो वितरण गर्दै आइरहेको छ । गत आर्थिक वर्षदेखि नियमित वितरण गरिदै आइएको आचार्यले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत