बेहोस अवस्थामा भेटिएकी स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन
अ +
अ -
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ । नर्स श्रेष्ठलाई बेहाेस अवस्थामा हिजो बाथरुममा फेला पारिएको थियो ।
उहाँलाई हिजै अस्पताल ल्याइएको र आज उपचारका क्रममा दिउसो ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिनुभयो।
उहाँ बाथरुममा लडेर बेहोस हुनुभएको हो या अन्य कुनै कारण, त्यसबारे थाहा हुन सकेको छैन । प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ । श्रेष्ठ गत जुलाइदेखि प्रतिष्ठानमा आवद्ध हुनुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत