फाइजर खोपबाट प्रतिरक्षा प्रणाली कमजोर हुने
दुई विश्वव्यापी अध्ययनले फाइजरका कोभिड–१९ खोपले प्रतिरक्षा प्रणाली कमजोर हुने पुष्टि गरेको छ । यसैका कारण २ महिनापछिको हाराहारीमा खोप प्रयोग गर्न छोडिएको थियो । यद्यपि यो कोरोना, अस्पतालनै भर्ना हुनुपर्ने अवस्था र मृत्यु बिरुद्धको भूमिका महत्वपूर्ण रहेको छ ।
इजरायल र कतारमा गरिएको अध्ययन र न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन अनुसार पूर्ण रुपमा खोप लिएकाले पनि संक्रमण बिरुद्ध पूर्व सावधानी अपनाउन आग्रह गरिएको छ ।
४८०० स्वास्थ्यकर्मीमा यो अध्ययन गरिएको थियो । २ डोजको खोपछि उनीहरुमा एन्टीबडीको स्तर पातलिएको देखिएको थियो । यो विशेषगरी पुरुषमा गरिएको थियो । उनीहरुको उमेर ६५ वर्ष वा सो भन्दा बढी थियो ।
यो अध्ययन इजरायलको सेवा मेडिकल सेन्टरमा गरिएको भनेर सिएनएनले समाचार लेखेको छ ।
तपाईँको अभिमत