केपीएलसँग मिलेर विश्व बजारमा हाम्रो उत्पादनलाई विस्तार गर्न चाहन्छौँ : प्रमुख कार्यकारी अधिकृत सोङ (भिडियो)
यही साताको बुधबार कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) र कोरियाको केबीएनपी इनकर्पोरेटेडबीच प्राविधिक सहकार्य सम्बन्धी सम्झौता भयो । राजधानीमा विशेष समारोह आयोजना गरी दुई कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
पशुपंक्षीका लागि औषधि उत्पादन गर्दै आएको यी दुई कम्पनीबीचको सम्झौतापछि नेपालमै अन्तरर्राष्ट्रिय स्तरको दाना तथा औषधि उत्पादन हुने विश्वास लिइएको छ । केपीएलले अब नेपालमै काेरियन प्रविधिबाट औषधि उत्पादन गर्ने र निर्यात गर्ने चरणमा पुग्ने बताएको छ ।
यी दुई कम्पनीको प्राविधिक सहकार्यको विषयमा हस्ताक्षर गर्ने समारोहकै मेसोमा केबीएनपीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हान इ सोङसँग छोटो कुराकानी गरिएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको अनुवादित सङ्क्षिप्त अंश :
प्राविधिक सहकार्यका लागि नेपाललाई नै किन छान्नुभयो ?
नेपाल उदीयमान बजार हो । साथै केपीएलसँग हाम्रो लामो समयदेखिको व्यपारिक सम्बन्ध पनि छ । त्यसैले नेपाललाई नै प्राविधिक सहकार्यका लागि छनोट गरेका हौँ ।
भारत, बंगलादेश जस्ता अन्य दक्षिण एसियाका मुलुकलाई नछानी नेपालमै किन आउनुभयो नि ?
हामीसँग भारत र बंगलादेशमा पनि हाम्रो उत्पादनको वितरकहरू हुनुहुन्छ । तर केपीएल भन्दा अलि फरक हुनुहुन्छ । उहाँहरू र हाम्रो केबीएनपीको दर्शन लगभग उस्तै छ । हामी ‘लिभिङ टुगेदर, ग्रोइङ टुगेदर’ को दर्शनमा छौँ । त्यसैले पनि नयाँ र फरक किसिमबाट अगाडि बढौँ भन्ने हेतुका साथ नेपाललाई नै रोजेका हौँ ।
विशिष्टिकृत रूपमा भन्नुपर्दा खास केपीएलसँग तपाईँको केकस्ता प्राविधिक सहकार्य गर्न लाग्नुभएको हो ?
पहिलो त कोरियामा प्रयोग गरिरहेको हाम्रो प्रविधि केपीएलमा पनि ल्याउनेछौँ । हामी अलि ठुलो मात्रामा व्यापार सुरु गर्नेछौँ । हामी हाम्रो व्यापारको आयतनलाई विस्तार गर्दै लानेछौँ । अनि हामी सँगै विश्वव्यापी बजारमा वृद्धि हुँदै जानेछौँ ।
हेल्थपाटी
तपाईँको अभिमत