जापानको विश्वविद्यालयमा मास्टर्स अफ साइन्स इन नर्सिङ कोर्स पढ्न अवसर
अ +
अ -
जापानको विश्वविद्यालयमा मास्टर्स अफ साइन्स कार्यक्रममा सहभागी हुन अवसर प्राप्त भएको छ ।
यूनिभर्सल हेल्थ कभरेज प्रोगाम अनुसार स्वास्थ्य सेवामा कार्यरत व्यक्तिहरुका लागि यो अवसर प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जाइकाले हिरोसिमा यूनिभर्सिटीमा २ वर्षे कोर्ष अध्ययन गर्न अवसर प्रदान गर्न लागेको हो । यस कार्यक्रममा नेपाल,कम्बोडिया,भुटानबाट एक एक जना छनौट गरिने जनाइएको छ ।
यसका लागि ३० वर्षभन्दा कम उमेरका व्यक्तिले आवेदन दिन सक्नेछन् आवेदन असोज १८ गतेभित्र दिइसक्नुपर्नेछ ।
UHC
तपाईँको अभिमत