४० वर्षको अनुभवलाई औषधि व्यवसायीको हकहितमा लगानी गर्नेछु(भिडियो)
औषधि व्यवसायीको चुनाव : अध्यक्ष पदमा लोकहरी श्रेष्ठको उम्मेदवारी किन ?
नेपाल औषधि व्यवसायी संघको १४औँ राष्ट्रिय अधिवेशन भदौ २२ र २३ गते वीरगन्जमा हुँदैछ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष पदमा व्यवसायी लोकहरी श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । उहाँले आफ्नो ४० वर्षे कार्य अनुभवलाई औषधि व्यवसायीको हकहितमा लगानी गर्ने बताउनुभयो ।
हाल औषधि व्यवसायीहरुमा रहेको पीर मर्कालाई आफूले राम्रोसँग बुझेकाले नेतृत्वमा आएर त्यसको समाधान गर्ने उहाँको दाबी छ ।अहिले १७ हजार व्यवसायी औषधि व्यवस्था विभागमा दर्ता छन् । दर्ता भएकामध्ये आधा व्यवसायी संघको सदस्य छन् । यो संख्या बर्सेनि बढिरहेको छ ।
यद्यपी देशभरि करिब ३० हजारको हाराहारीमा औषधि व्यवसायी रहेका छन् । ‘राज्य र व्यवसायीबीच देखिएको विभदेपूर्ण व्यवहारले व्यवसायीहरुले आफ्नो लगानी असुरक्षित भएको महसुस गरिरहेका छन् ।’ ‘व्यवसायीहरु एक हुन सकेका छैनन्, औषधिको समान मूल्य छैन, श्रेष्ठले भन्नुभयो ‘यी लगायतका समस्या समाधानका लागि म लागि पर्नेछु ।’
संघको चुनाव लागिरहेको सन्भर्दमा हेल्थपाटीका लागि तुलसा घिमिरेले श्रेष्ठलाई अध्यक्षमा तपाईको उम्मेदवारी किन ? भनेर सोध्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत