काउन्सिलको प्रमाणपत्र किर्ते गरि डाक्टर बनेका रञ्जित पक्राउ

प्रतिकात्मक तस्विर
अ +
अ -
नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरि डाक्टर बनेका ललितपुरका विजय श्याम रञ्जितलाई प्रहरीले पक्राउ गरेको छ ।
डाक्टरको नाम दर्ता परीक्षामा फेल भएका रञ्जितले काउन्सिलको स्थाई प्रमाणपत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई रजिष्ट्रारको दस्तखतसमेत किर्ते गरेको ओरापमा प्रहरीले पक्राउ गरेको हो ।
उनले पोखराको मणिपाल अस्पतालमा बालरोगमा एमडी गरिरहेकी लक्ष्मी केसीको एनएमसी नम्बर १०८५५ चोरेर प्रयोग गर्दै आइरहेका थिए ।
रञ्जितले बि एण्ड बि अस्पताल, कान्ति बाल अस्पताल, त्रिपुरेश्वर आँखा अस्पताल, प्रसुतिगृह थापाथली र मानसिक अस्पताल ललितपुरबाट ईन्टर्नशिप गर्नुका साथै सन् २०१० देखि मेडिकल अफिसरका रुपमा कार्यरत रहेको बताउँदै आएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत