कोरोनाका कारण पत्रकार शाहीको निधन
अ +
अ -
काठमाडौं । कोरोना साक्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण अवधी पत्रकार संघ जिल्ला शाखा बाँकेका सहसचिव रईस शाहीको आज बिहान मृत्यु भएको हो ।
उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
शाहीलाई बैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार शाहीको शनिबार बिहान ८ बजे मृत्यु भएको हो ।
लामो समयदेखि पत्रकारितामा आवद्ध रहँदै आएका शाही नेपालगञ्जबाट खबर नेपालगञ्ज डटकम अनलाईन सञ्चालन गर्दै आउनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत