२४ घण्टामा ५ जना संक्रमितको मृत्यु, संख्या १९३२
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । याे सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ९३२ पुगेको छ ।
आज देशभर ४३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय जनाको पीसीआर परीक्षण भएकोमा ४३०जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २५९ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५९ हजार ३५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३९०जनाले कोरोना जिते ।
आज सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत