सडकका कुकुरहरुलाई रेबिज खोप र बन्ध्याकरण
काठमाडौं । स्याङजाका सडक तथा सामुदायिक कुकुरहरुलाई निःशुल्क रेबिज खोप लगाइएको छ । साथै ती कुकुरहरुको बन्ध्याकरण पनि गरिएको छ । केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरका पशु चिकित्सक डा.अर्जुन अर्याल, विकास गिरि सहितको टोलीले स्याङजा पुतलीबजारका सडकमा छाडा छोडिएका कुकुरलाई भ्याक्सिनेसन तथा बन्ध्याकरण गरेको हो ।
डा.अर्यालका अनुसार प्राणघातक रेबिज रोगबाट नेपालमा बर्षेनी २०० मानिसको मृत्यु हुने गरेको छ । कुकुर बिरालो तथा घरपालुवा जनावरलाई व्यवस्थित तरिकाले पाल्नुपर्ने बताउदै नियमित रुपमा खोप तथा जुकाको औषधि खुवाउनपर्ने बताउनुभयो ।
घरपालुवा जनावरलाई व्यवस्थित गर्न पशुहरुको ट्याग नम्बर तथा माइक्रो चिपिङसहित दर्ता प्रणालि लागू गर्नुपर्नेमा जोड दिनुभयो । शिविरमा ६६ वटा कुकुरको बन्ध्याकरण र १२५ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत