देशको पश्चिमी भूभागमा मनसुनी वायुको प्रभाव कमजोर, यी प्रदेशमा हुनसक्छ चट्याङसहित वर्षा
अ +
अ -
पछिल्लो समय मनसुनी वायुको प्रभाव न्यून हुँदै गएको छ । मुलुकको पश्चिमी क्षेत्रतिर मनसुन कमजोर बन्दै गएको हो ।
यद्यपि आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानका चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ ।
मौसम पूर्वानुमान महशाखाका अनुसार राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत