नियमित प्रेस ब्रिफिङ हप्तामा २ दिन आधा घण्टाको हुने
अ +
अ -
काठमाडौं । अबदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ हप्तामा २ दिन आघा घण्टाको हुने भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हप्तामा २ दिन आधा घण्टाको हुने जानकारी दिँदै सो आघा घण्टामा विज्ञहरुसँग छलफल गर्ने बताउनुभयो ।
सरुवा रोगसँग सम्वन्धित विज्ञहरु, प्रदेशमा कोरोनाको अवस्था, नियन्त्रणको लागि भएका व्यवस्था लगायतका विषयमा छलफल गरिने गौतमले बताउनुभयो ।
प्रत्येक आइतबार र बुधबार हुने दिउसाे सवा ४ बजे हुने प्रेस ब्रिफिङमा मन्त्रालयको निर्णयहरुका बारेमा सूचित गरिने गौतमले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत