सरकारी सरह निर्वाह भत्ता दिन निजी मेडकल कलेजका सञ्चालक तयार
आवासीय चिकित्सकले सरकारी आठौँ तह सरह निर्वाह भत्ता पाउने भएका छन् । निजी मेडिकल कलेजहरूलाई स्नातक तह एमबीबीएस र बीडीएसमा सिट सङ्ख्या बढाउने गरी प्रतिवेदन तयार भएपछि सरकारी सरह निर्वा भत्ता दिन कलेजहरू तयार भएका हुन् ।
निजी मेडिकल कलेजहरु आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन तयार भएका हुन् ।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो । तर सो निर्णयको मेडिकल कलेजहरुले विरोध गरेका थिए ।
आज १९ औँ बैठकमा भने निजी मेडिकल कलेलहरु आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैँया दिन तयार भएका हुन् ।
एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरवलोकन कार्यदलले निजी मेडिकल कलेजलाई एमबीबीएस र बीडीएसमा सिट संख्या बढाउने गरी प्रतिवेदन तयार पारेको थियो ।
चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले वैशाख ३ गते मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरवलोकन गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले आयोगको १९ औँ बैठकमा प्रतिवेदन बुझाउने निर्णय भएको थियो।
कार्यदलले ‘मापदण्ड पुगेका’ मेडिकल कलेजलाई एमबीबीएसको सिट संख्या बढाएर १५० सम्म पुर्याउने गरी प्रतिवेदन तयार पारेको जनाइएको छ। हाल एमबीबीएसमा प्रतिकलेज १०० सिट संख्या तोकिएको छ।
एमबीबीएस र बीडीएसको सिट संख्या बढ्ने भए पछि नै निजी मेडिकल कलेज सञ्चालकहरुले आवासीय चिकित्सकहरुलाई आयोगको १६ औँ बैठकको निर्णय बमोजिम निर्वाह भत्ता दिन तयार भएका हुन्।
निजी मेडिकल कलेज सञ्चालकहरु एमबीबीएस र बीडीएसको सिट संख्या बढे पछि मात्र पीजी गर्ने आवासीय चिकित्सकहरुलाई तोकिएको निर्वाह भत्ता दिने अडान लिएका थिए।
हेल्थपाटी
तपाईँको अभिमत