डेढ वर्षदेखि कामविहीन बनाइएका डा. श्रेष्ठ आजबाट काममा
डेढ वर्षदेखि कामविहीन बन्नु भएका डा.पुकारचन्द्र श्रेष्ठ काममा फर्किनुभएको छ। श्रेष्ठले बिहीबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी सम्हाल्नुभएको छ ।
श्रेष्ठले तेस्रो पटक प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएको छ र दोस्रो पटक कार्यकारी निर्दशक भएका श्रेष्ठलाई २०७७ बैशाखमा हटाइएको थियो । प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट हटाएर उहाँलाई वीर अस्पतालमा सरुवा गरिएको थियो ।
वीरमा सरुवा गरिएपनि प्रत्यारोपणको काम नहुँदा डा.श्रेष्ठले काम गर्न पाउनुभएको थिएन । आफूलाई कामविहीन बनाएको भन्दै उहाँले गुनासो गर्दै आउनुभएको थियो । श्रेष्ठलाई हटाएर केन्द्रका कार्यकारी निर्देशक डा.प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएको थियो।
सरकार परिवर्तन भएसँगै केन्द्रका कार्यकारी निर्देशकबाट डा. ज्ञवालीलाई हटाएर अहिले श्रेष्ठलाई नियुक्त गरिएको हो।
मंगलबारको मन्त्रीपरिषद् बैठकले डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे थियो । स्वास्थ्य मन्त्रालयबाट आजै नियुक्तीपत्र बुझेर डा.श्रेष्ठ जिम्मेवारी बहन गर्न केन्द्र पुग्नुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत