नर्सको वृत्ति विकास रोकिँदा बिरामीलाई दिने सेवामा असर पर्छ(भिडियो)
अहिलेको स्वास्थ्य सेवा ऐनले आफूहरुलाई निरुत्साहित बनाइरहेको सरकारी सेवामा रहेका नर्सहरुको गुनासो छ ।
अब नयाँ बन्ने ऐनमा यसबारे ध्यान दिन आवश्यक रहेको सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनान)की कार्यसमिति सदस्य भगवती भण्डारी बताउनुहुन्छ ।
अहिलेको ऐनमा रहेको प्रावधान विभेदकारी रहेको हेल्थपाटीसँगको कुराकानीमा भण्डारीले गुनासो गर्नुभयो ।
देश संघीयतामा गइसकेपछि तीन तहको सरकार बन्यो ।
संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने क्रममा ऐनमा बढुवाका लागि राखिएको दुर्गमको मापदण्डले संघमा कार्यरत नर्सलाई अन्याय परेको भण्डारी भनाइ छ ।
नर्सहरुको वृत्ति विकास रोकिँदा उनीहरु निरुत्साहित हुने र यसको असर बिरामीलाई दिने सेवामा पर्ने भण्डारीको तर्क छ।
‘कुनैपनि अस्पताल सञ्जालन गर्न र प्रभावकारी सेवा दिन मुख्य भूमिका नर्सहरुकै हुन्छ, भण्डारी भन्नुहुन्छ, ‘२४ सै घण्टा बिरामीसँग बसेर सेवा दिने नर्स नै भएकाले गुणस्तरीय सेवाका लागि नर्स उत्साहित हुनु जरुरी छ।’
नयाँ बन्ने स्वास्थ्य सेवा ऐनमा नर्सहरुको बढुवाका लागि वैज्ञानिक खालको मापदण्ड कायम गर्नुपर्ने भण्डारी बताउनुहुन्छ ।
नर्सहरुलाई विदेश पलायनबाट रोक्नका लागि पनि उत्साहपूर्वक काम गर्ने वातावरण सरकारले बनाउनु पर्ने भण्डारीको भनाइ छ ।
तपाईँको अभिमत