काठमाडौंमा ४४५१० जनाले लगाए जोनसनको खोप, आज अन्तिम दिन
कोरोना विरुद्धको जोनसनको खोप दुई दिनमा काठमाडौंमा ४४ हजार ५१० जनाले लगाएका छन् । ५५ वटा खोप केन्द्रबाट सञ्चालन भइरहेको खोप अभियानमा हिजो दोस्रो दिन २३ हजार ८२६ जनाले खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा प्रमुख बद्री बहादुर खड्काले जानकारी दिनुभयो ।
एक पटक लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्षका सबै, जोनसनको खोप अनिवार्य गरिएका देश जान लागेका व्यक्तिहरु, शरणार्थाी र स्वास्थ्यकर्मीहरुलाई लगाइने छ । यसअघि २ दिनमा ५३ देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपांगता वर्ग क र ख भएका नागरिक, नेपालमा बसिरहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई खोप दिइएको थियो ।
जोनसन खोपको आज अन्तिम दिन ५० वर्ष उमेरका व्यक्ति, खोप लगाउन छुटेका ५१ देखि ५४ वर्ष उमेरका व्यक्ति, पूर्ण र अति अशक्त अपांगता वर्ग क र ख भएका नागरिक, नेपालमा बसिरहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई दिइनेछ । काठमाडौंमा १ लाख ४६ हजार ५२४ जनालाई जोनसनको खोप दिने लक्ष्य राखिएको छ जसमध्ये ३० प्रतिशत जनसंख्या खोप पाइसकेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत