थप १०८ जनालाई कोरोना संक्रमण, यी लक्षण देखिए तुरुन्तै अस्पताल जान सुझाव

फाइल फोटो
पछिल्लो २४ घण्टामा १०८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ सय ५० जनाको नमुना परीक्षण भएकोमा १०८ जनालाई संक्रमण पुष्टि भएको हो ।
यो सँगै सक्रिय संक्रमितको संख्या ३८६ पुगेको छ । जसमध्ये ७ जना आइसियु, ३ जना भेन्टिलेटर र २१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संक्रमितहरुमा सास फेर्न धेरै गाह्रो भए, लगातार छाती दुख्ने वा छाती भारी भएको महसुुस भए, ओठ या अनुहार नीलो देखिएमा तुरुन्तै अस्पताल जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
साथै आफ्नो हेरचाह गर्न असमर्थ भएमा, अल्मलिने, बोली अस्पष्ट हुने वा बोल्नलाई गाह्रो भए, १०१ फरेन्हाइट भन्दा अधिक ज्वरो आएमा र शरीरमा अक्सिजनको तह ९४ प्रतिशतभन्दा कम छ भने त्यस्ता संक्रमित तुरुन्तै अस्पताल जानपर्ने मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत