थप १०१ जना संक्रमितको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ६५३ जनालाई संक्रमण पुष्टि भएको छ भने ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ । अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत