काठमाडौं महानगरमा कानुनअनुसार सञ्चालनमा नआउने फार्मेसी बन्द गरिने
काठमाडौं महानगरपालिकाले कानुनअनुसार फार्मेसी सञ्चालन गर्न औषधि व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
महानगरले विज्ञप्ति निकालेर १० दिन भित्र (मंसिर २९ गतेभित्र) नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएको हो ।
काठमाडौं महानगरपालिका भित्र संचालनमा रहेका औषधी पसलहरुमा अनाधिकृत व्यक्तिहरुबाट औषधी बिक्रि बितरण भईरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत विक्रि बितरण भईरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी विक्रि वितरण भईरहेको, नार्कोटिक औषधीहरुको प्रचलित ऐन कानुन अनुसार बिक्रि बितरण नगरिएको र उक्त औषधीहरुको आवश्यक अभिलेख नराख्ने गरिएको पाइएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधी पसलहरुले सुधारात्मक कार्यहरु गरेको नपाइएमा स्थानिय सरकार संचालन ऐन २०७४ तथा काठमाण्डौ महानगरपालिका जन स्वास्थ्य ऐन २०५० अनुसार औषधी पसल बन्द गर्ने सम्मको कार्वाही गरिने चेतावनी दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत