विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७१ प्रतिशत उतीर्ण
अ +
अ -
नेपाल मेडिकल काउन्सिलले ४३ विधामा लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र (विशेष परीक्षा)को नतिजा प्रकाशित भएको छ ।
२५औं विशेष परीक्षामा सहभागी ४ सय २० जना परीक्षार्थीमध्ये ३ सय जना (७१.४३) प्रतिशत उतीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ जनाको नतिजा रोक्का भएको छ । यस अघि मंसिर ९ गते लिइएको विशेष परीक्षामा ७४.१६ प्रतिशत उतीर्ण भएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत