कोभिसिल्ड लगाएकाले फाइजर लगाउँदा अझै प्रभावकारी : विश्व स्वास्थ्य संगठन
काेराेना खाेप दुई डोज फरक–फरक कम्पनिकाे लगाउँदा धेरै प्रभावकारी
काठमाडौं । कोभिड विरुद्धको दुई डोज खोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको छ । पछिल्लो अनुसन्धानले दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) एक वैज्ञानिकले दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध झनै प्रभावकारी हुने देखिएको बताउनुभएको छ ।
एष्ट्रेजेनेकाको पहिलो खोप लगाएकाले दोस्रो मात्रा फाइजरको लगाउन मिल्ने चर्चा भइरहेका बेला उहाँले यस्तो बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध झनै प्रभावकारी हुने देखिएको डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले बताउनुभएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उहाँले फरक फरक कम्पनीको भन्नुभएपछि कोभिशिल्ड लगाएकाले भेरोसिल पनि लगाउन मिल्छ कि भन्ने चासो बढेको छ । यद्यपी फरक फरक खोपको प्रयोगको प्रभावकारिताबारे ठोस तथ्य सार्वजनिक नभएकाले यो अध्ययनकै विषय छ । यदि अध्ययनले फरक फरक कम्पनीको खोपको प्रयोग प्रभावकारी हुने पुष्टि गरे धेरैभन्दा धेरै मानिस खोपको पहुँचमा आउने छन् ।
यसअघि पनि वैज्ञानिकहरुले फरक–फरक कम्पनीको भ्याक्सिन लगाउन सकिने बताएपनि प्रयोगमा आएको थिएन । दुई खाले भ्याक्सिनले जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या भने हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । बेलायत, स्पेन र जर्मनीलगायत मुलुकमा यस्तो समस्या देखिएको थियो ।
अलग–अलग कम्पनीको भ्याक्सिनले यस्तो इम्युन सिस्टम बनाएको छ, जसले उच्च स्तरको एन्टिबडी र ह्वाइट ब्लड सेल्स निर्माण गरिदिन्छ ।
सच्याइएको : नेपालस्थित डब्ल्यूएचओ कार्यालयले वैज्ञानिक सौम्या स्वामीनाथनले फरक फरक खोपको प्रयोगका बारेमा बताउनु भएपनि उक्त धारणा फइजर र एष्ट्राजेनेका खाेपको बारेमा मात्र रहेको भन्दै शीर्षक सच्याउन हेल्थपाटीलाई अनुरोध गरेपछि सच्याइएको छ । सम्पादक ।
हेल्थपाटी
तपाईँको अभिमत