धनी राष्ट्रको होडबाजीले गरिब राष्ट्रले कोरोनाको खोप पाउलान् ?
काठमाडौं । नागरिहरुको खोप संगठनले धनी राष्ट्रहरुको होडबाजीले गरिब राष्ट्रले कोरोनाको खोप नपाउने सम्भावना देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । अति कम आय भएका झण्डै ७० वटा राष्ट्रले मात्रै खोप पाउने त्यो पनि १० जना नागरिकमध्ये एक जना मात्र खोपको पहुँचमा आउने संगठनले जनाएको छ ।
कोभ्याक्सले अतिकम आय भएका ९२ वटा राष्ट्रलाई ७०० मिलियन डोज उलपब्ध गराउने प्रतिवद्धता जनाएको छ । पिपुल्स एलाइन्समा एमनेष्टि इन्टरनेशनल, अक्सफार्म, ग्लोबल जस्टिस लगायतका संस्थाहरु सहभागि छन् । धनी राष्ट्रहरुले आपत्कालिन प्रयोगका लागि खोपले अनुमति पाउने बित्तिकै अत्याधिक मात्रामा खोप किन्ने प्रवृत्ति देखिएकाले गरिव राष्ट्रहरुले खोप नपाउने देखिएको विश्लेषण संगठनको छ ।
क्यानाडाले आफ्ना नागरिकलाई ५ पटकसम्म पुग्ने खोप अर्डर गरिसकेको समाचारहरु बाहिर आएका थिए । धनी राष्ट्रमा विश्वमा १४ प्रतिशत मात्रै जनसंख्या रहेको भएपनि उनीहरुले ५३ प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिद गरेका छन् ।
बेलायतमा सर्वसाधरणका लागि हिजोबाट खोप लगाउन सुरु गरिएको छ । बेलायतले फाइजरको खोप आपत्कालिन प्रयोगका लागि अनुमति लिई खोप अभियान सुरु गरेको हो । रुसले पनि आफुले उत्पादन गरेको खोपको प्रयोग सर्वसाधरणमा गरिरहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत