खसी, राँगा काट्ने बित्तिकै मासु खाँदा हुन्छ यस्तो समस्या
यसले पेट, कलेजो, मुटु लगायतका समस्या देखिन सक्ने चिकित्सकहरुको भनाई छ ।
काठमाडौं । दशैँको समयमा कमैको घरमा मात्रै शाकाहारी परिकार बनाईन्छ । यो समयमा प्राय सवैको घर घरमा मासुका परिकारहरु नै पाईन्छ । दशैलाई मासु खाने चाडका रुपमा पनि लिईन्छ । सुख ,समृद्धिको शुभकामना एक अर्कामा साटासाट गर्दै मासु र चिउरा खाएर रमाईलो गर्ने प्रमुख विशेषता नै मानिन्छ दशैको ।
तर हामीले मासु तथा यसका परिकारहरु खादा निकै सचेत हुनुपर्छ । चाडपर्वको बेला रमाईलोसंगै स्वास्थ्यमा ख्याल नगर्दा,यसले ठुलो समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् । दशैँ तथा चाडपर्वका बेला बढि चिल्लो र मसलेदार परिकार सबैको आकर्षक खानेकुरा भएकाले यसले पेट, कलेजो, मुटु लगायतका समस्या देखिन सक्ने चिकित्सकहरुको भनाई छ ।
काठमाण्डौ उपत्यकामा दशैँको समयमा अरु सामान्य दिनको तुलनामा ६० देखी ७० प्रतिशत वढि मासु खपत हुने गरेको सरकारी तथ्यांक छ । अर्थात् लगभग ७ महिना भर खपत हुने वरावरको परिमाणमा दशैमा मासुको प्रयोग हुने गर्छ । वर्ष दिन भरि साढे तिन लाख मेट्रिक टन मासु खपत हुने गर्छ तर दशैमा डेढ लाख मेट्रिक टन भन्दा वढि मासुको उपभोग गरिन्छ ।
दशैँमा रितिरिवाज अनुसार बलि दिने गर्दा पनि मासुको वढि खपत हुने गरेको हो,यद्यपी यसवर्ष कोरोनाका कारण शक्तिपिठहरुमा भीड गर्न नहुने भएकाले बलिमा कमी आएको छ । सबैभन्दा बढि अर्थात् ६० प्रतिशत मासु राँगाको खपत हुन्छ भने १९ प्रतिशत खसीवोका, १४ प्रतिशत कुखुरा १० प्रतिशत भेडा च्यांग्रा,तथा ७ प्रतिशत मासु वंगुरको खपत हुन्छ । जे को मासु भएपनि उपभोग गर्दा हामीले सरसफाईमा ध्यान दिएनौ भने यसवाट स्वास्थ्यमा नराम्रो असर पर्दछ ।
मासुका लागी बध गरिएको पशुवाट मानिसमा नाम्ले, क्षयरोग, ब्रुसेलोसिस, ईकाईनोकोकोसिस, साल्मोनेलासिस जस्ता खतरनाक रोगहरु सर्न सक्छ । नेपालमा धेरैजसो पशुमा नाम्ले रोगको संक्रमण पाईन्छ ।
पशुवाट झण्डै १ हजार किसिमका रोगहरु सर्न सक्ने भएपनि नेपालमा झण्डै ६९ प्रकारका रोगहरु मानिसमा सरेको पाईएको छ । स्वस्थकर र गुणस्तरीय मासुका लागी अत्यन्तै आवश्यक मानिएको सुरक्षित बधस्थलहरु नेपालमा निकै नै कम छन् । देशभर गरी १० वटा पनि आधुनिक वधस्थल छैनन् र बल्ल बल्ल निर्माण गरिएका बधस्थल पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।
जतापायो त्यतै खसीवोका तथा रागाको बध गरिरहेकाले ती स्थानहरु सरसफाईको दृष्टिकोणवाट उपयुक्त मान्न सकिदैन ।
दशैको समयमा घरैमा पनि स्वस्थ मानिएका खसिवोका तथा राँगाको गरि मासु तयार गरिन्छ । त्यसैले स्वस्थ र स्वच्छ मासुका लागी बध गर्नुभन्दा अगाडी र गरिसकेपछिको समयमा धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।
पशु चिकित्सक डा.अर्जुन अर्याल नेपालमा आधिकारीक प्राविधिकवाट पशुमा कुनै संक्रमण छ छैन भनी जाँच गरिसकेपछि मात्र पशुहरुको बध गर्नुपर्ने कानुनी मान्यता रहेपनि त्यो लागू हुन सकेको छैन । पशु बधशाला मासु जाँच ऐन २०५५ ले पशुको बध गर्नुअघि पशुको स्वास्थ्यको जाँच गर्नुपर्ने व्यवस्था गरेको छ । तर यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । जसले गर्दा सबै मासु खान योग्य नरहने अर्याल बताउँनुहुन्छ ।
मासुका लागी बध गरिएको पशुवाट मानिसमा नाम्ले, क्षयरोग, ब्रुसेलोसिस, ईकाईनोकोकोसिस, साल्मोनेलासिस जस्ता खतरनाक रोगहरु सर्न सक्छ । नेपालमा धेरैजसो पशुमा नाम्ले रोगको संक्रमण पाईन्छ । त्यसैले बध गर्नु अघि निम्न कुरामा ध्यान दिनु आवश्यक छ । रोगी,अस्वस्थ,ज्वरो आएको तथा झाडापखाला लागेको पशुहरु मासुका लागी बध गर्दा सोही पशुमा लागेको रोगको संक्रमण मानिसमा पनि सर्न सक्छ ।
बध गर्नु २४ घण्टा अगाडी सम्म पशुलाई पूर्ण रुपमा आराम दिनुपर्छ । आराम दिदाँ पशुमा तनाव हुदैन जसले मासुको गुणस्तर बढ्दछ । यस्तै पशुमा रहेका जीवाणुहरु मर्न सकुँन । यस्तै बध गर्नु १२ घण्टा अगाडी पशुलाइ घाँस,दाना समेत नदिई पानी मात्र दिनुपर्छ ।
पेटरोग विशेषज्ञ शशी शर्माका अनुसार
फ्रिजको सुविधा नभएकाहरुले मासुलाई सुकाउनु भन्दा तेलमा मज्जाले फ्राई गरेर राख्दा २–४ दिन सम्म त्यो मासुको उपभोग गर्न सकिन्छ ।
नेपालमा अझैपनि राँगा,खशीबोका काट्ने बित्तिकैको मासु स्वादिलो हुने भन्दै फ्रेस मासु खान रुचाइन्छ तर यस्तो मासु स्वास्थ्यका लागी फाइदाजनक छैन । मासुमा भएका जिवाणुहरु चिसोले मर्ने भएकाले सम्भव भएसम्म मासुलाई २४ घण्टासम्म फ्रिजमा राख्नुपर्छ । दशैको समयमा सवैको घरघरमा धेरै परिमाणमा मासु हुने भएकाले बिग्रने डरले मासुलाई फ्रिजमा राख्ने गरिन्छ ।
जहाँ फ्रिजको सुविधा छैन त्यहाँ मासुलाई सुकाउने चलन अधिक रहेको छ । तर सुकाएको मासु खानु पनि हानीकारक छ । मासुलाई घाममा सुकाउदा मासुमा रहेका जीवाणुहरु नमर्ने उहाँको भनाई छ । त्यसैले फ्रिजको सुविधा नभएकाहरुले मासुलाई सुकाउनु भन्दा तेलमा मज्जाले फ्राई गरेर राख्दा २–४ दिन सम्म त्यो मासुको उपभोग गर्न सकिन्छ ।
यस्तै छाला, आन्द्रा तथा रक्ति भुटेर खाने चलन नेपालीमा अधिक छ । मासु व्यवसायीहरुले पनि छालाको मुलय नआउने भएकाले मासुवाट छाला निकाल्दैनन् तर छाला पनि स्वास्थयका लागी हानीकारक रहेको डाक्टर शर्माको भनाई छ । छाला शरीरको सवै भन्दा वाहिरी तह भएकाले जीवाणुहरु वढि सक्रिय छालामा नै हुन्छन् ।
मासु पुर्ण रुपमा शुद्ध नभएको र मासु जाँच गर्ने संयन्त्रहरु प्रभावकारी नभएका कारण मासुलाई मज्जाले पकाएर खानुपर्छ ।
छालामा रौ पनि राम्रो संग नजाने र रौको फेदमा रहेका जीवाणुहरु छालामा नै बाँकी रहने भएकाले सकभर छाला नखानु नै उत्तम रहन्छ । छाला खानै परेमा पकाउनु अघि छालामा नुन मोलेर धेरै बेर पकाउनु पर्दछ । आन्द्रा र रक्ति पनि स्वास्थ्यका लागी राम्रो होइन ।
आधा पाकेको मासु स्वादिलो र पौष्टिक मानिन्छ तर नेपालकोे सन्दर्भमा मासु पुर्ण रुपमा शुद्ध नभएको र मासु जाँच गर्ने संयन्त्रहरु प्रभावकारी नभएका कारण मासुलाई मज्जाले पकाएर खानुपर्छ । यसैगरी खानुअघि सरसफाईमा पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत