नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा नेपाल निर्विरोध
नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा माधव अधिकारी र विनोद कार्की हुनुहुन्छ भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः राजेन्द्र थापा, गोपाल अधिकारी र दिपेश वस्याल निर्वाचित हुनुभएको छ ।
यसैगरी संघको कार्यसमिति सदस्यमा रुद्र नारायण मल्ल, सुनिल कुमार वैद्य, निरजविक्रम राणा, चन्द्रसिंह चौधरीलगायत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष शिवराज बास्कोटाले आइतबार नै पदभार हस्तान्तरण गर्नुभएको थियो ।
पदभार ग्रहण गर्दै संघका नव निर्वाचित अध्यक्ष नेपालले संघको विधानले निर्देशित गरेका लक्ष्यलाई केन्द्रमा राखेर आफू अघि बढ्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत