निको भइसकेको व्यक्तिलाई फेरि किन संक्रमण हुन्छ?
काठमाडौं । कयौँ मुलुकले कोरोनाविरुद्ध खोप अभियान गरिरहेका छन् । ती मुलुकले आफ्ना नागरिकलाई खोप प्रदान गरिरहेका छन् । तर पछिल्लो समय दोहोरिएर पुनः कोरोना संक्रमण भएका थुप्रै संक्रमित भेटिएको विज्ञहरूले बताइरहेका छन्, जसले अभियानमा अर्को चुनौति थपिएको छ ।
हालसम्म विश्वभर सयौँको संख्यामा मात्र दोहोरिएर संक्रमण भएका घटनाहरू भेटिएका छन् । तर विज्ञहरूका अनुसार यस्ता घटनाहरू थुप्रै हुनसक्छन् । उनीहरूले यो साँच्चिकै एक चुनौति रहेको बताएका छन् ।
दोहोरिएर पुनः संक्रमण किन भइरहेको छ ?
विज्ञहरुका अनुसार संक्रमण दोहारिनुमा विविध कारण छन् । निको भइसकेको भनिएको संक्रमितमा भाइरस बाँकी रहेको हुनसक्छ । त्यस्तै संक्रमणबाट जोगाउने पर्याप्त एन्टिबडी निर्माण नभएकोले पनि पुनः संक्रमण हुनसक्छ ।
प्राप्त प्रमाण र अहिले सजिलोसँग बुझ्नका लागि शरीरले पर्याप्त एन्टिबडी निर्माण नगर्दा यस्तो भएको भन्न सकिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत