जापानले नेपाललाई एस्ट्रेजेनेकाको १६ लाख डोज खोप दिने
अ +
अ -
काठमाडौं । जापान सरकारले पनि नेपाललाई कोरोना विरुद्धको खोप उपलव्ध गराउने भएको छ । जापानले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने घोषणा गरेको हो ।
नेपालस्थित जापानी दूतावासका अनुसार नेपाललाई दिन लागेको खोप जापानमै उत्पादित अक्सफोर्डको एस्ट्राजेनेकाको खोप हो । यो खोप जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्म नेपाल पठाइने जानकारी दिइएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल र जापानबीचको मैत्रीपूर्ण सहकार्यका लागि उपहार स्वरुप खोप दिन लागेको बताउनुभएको छ ।
यो खोप भारतमा सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै हो । यो खोप आएपछि कोभिशिल्ड लगाएर दोस्रो मात्रा कुरिरहेका करीब १४ लाख ज्येष्ठ नागरिकलाई राहत मिल्नेछ ।
हेल्थपाटी 
तपाईँको अभिमत