फर्मासिस्टको परीक्षामा ६१ प्रतिशत विद्यार्थी फेल
अ +
अ -
नेपाल फार्मेसी काउन्सिलले मंसिर १५ गते लिएको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।
परीक्षामा सहभागी भएकामध्ये जम्मा ३९ दशमलव २८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रहेको परीक्षा केन्द्रमा परिषद्ले परीक्षा सञ्चालन गरेको थियो ।
काउन्सिलका अनुसार फर्मासिस्टको परीक्षामा १ हजार १६५ परीक्षार्थी सहभागी भएकोमा जम्मा ४५७ जना मात्रै पास भएका छन् ।
CamScanner-11-30-2024-20 44-1732980091
तपाईँको अभिमत