बाल मुटुरोग : उमेर र रोगको प्रकृतिअनुसार लक्षण फरक हुन्छन् (भिडियो)
अ +
अ -
बाल मुटुरोगको कुरा गर्दा रोगको प्रकृति र बच्चाको उमेर समूह अन्तगर्त लक्षण फरक पर्ने गर्दछन् ।
उमेर अनुसार बच्चाको तौल नबढ्नु, बारम्बार निमोनिया हुनु, छिटो-छिटो गरी श्वास फेर्नु, बच्चाले दूध चुस्न नसक्नु, दूध चुस्ने-छाड्ने, चुस्ने-छाड्ने गर्नु अथवा दूध चुसाइरहेको बेला निधारमा चिटचिट पसिना आउने हुनु, बच्चा एक्कासी निलो हुने वा जन्मिँदा नै निलो हुनु, केही काम गरेपछि एक्कासी निलो हुने, बेहोस हुने, बच्चाको मुटुको चाल धेरै चलेको जस्तो अनुभूति हुनु प्रमुख लक्षणहरू हुन्।
लक्षणअनुसार बच्चाको मुटुरोगको उपचारमै फरक पर्न जाने हुन्छ।
समान्य लक्षणको बिरामीलाई हामीले फलोअफमा राख्न सक्छौ । धेरै लक्षण देखिएका बालबालिकालाई तुरुन्तै बाल मुटुरोग विशेषज्ञबाट उपचार गराउनु पर्ने हुन्छ।

हेल्थपाटी 
तपाईँको अभिमत