औषधि व्यवसायी संघको अधिवेशन आजदेखि, श्रेष्ठ र खण्डेलवाल चुनावी मैदानमा
आजदेखि मधेश प्रदेशको वीरगञ्जमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को १४ औँ राष्ट्रिय अधिवेशन हुँदैछ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । अधिवेशनको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने तय भएको छ ।
अधिवेशनमा देशभरबाट छानिएर आएका २०५ जना प्रतिनिधिले तीन वर्षका लागि नयाँ नेतृत्व छान्ने छन् । ती प्रतिनिधिहरुमा सातै प्रदेशका अध्यक्ष सहितका सबै पदाधिकारी, जिल्ला अध्यक्षहरु, निवर्तमान अध्यक्षहरु रहनेछन् ।
२१ सदस्यीय केन्द्रीय समिति रहेको एनसीडीएमा अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, आयात तर्फको उपाध्यक्ष, थोक तर्फको उपाध्यक्ष र खुद्रा तर्फको उपाध्यक्ष गरी तीन जना उपाध्यष रहनेछन् । यस्तै महासचिव, सचिव, कोषाध्यक्ष, उपकोषाध्यक्ष एक एक जना पनि पदाधिकारीमा रहने व्यवस्था छ । सदस्यहरुमा खुद्रा, थोक र आयात सहित महिला गरी चार जना क्लस्टर सदस्य र बाँकी खुल्ला सदस्य रहनेछन् ।
यसपटक एनसीडीएको अध्यक्षका लागि लोकहरि श्रेष्ठ र प्रकाशकुमार खण्डेलवाल चुनावी मैदानमा हुनुन्छ। दुबै जनाले एनसीडीएको अध्यक्ष आफू बनेमा संस्थागत विकास हुने, सबै व्यवसायीलाई एकतावद्ध बनाउने दाबी गर्नुभएको छ ।
अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएका श्रेष्ठले आफ्नो ४० वर्षको अनुभवलाई व्यवयासीको हकहितमा लगाउने प्रतिवद्धता जनाउनुभएको छ । श्रेष्ठ लुम्बिनीबाट सदस्य हुँदै तत्कालिन समयमा लुम्बिनी अञ्चलको सह कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्ष हुनु भएको थियो । खण्डेलवालले आफूसँग एनसीडीएको कार्यकारिणीको सदस्य, सह कोषाध्यक्ष, उपाध्यक्ष आयात र बरिष्ठ उपाध्यक्ष भएर काम गरेको अनुभव भएको बताउनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत