अमेरिकामा नेपाली चिकित्सकहरुको सम्मेलन हुँदै
अमेरिकामा नेपाली चिकित्सकहरुको सम्मेलन हुँदैछ ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले आयोजना गर्न लागेको २७औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुनेछ।
‘सञ्जाल र समन्वयका साथ अघि बढौ’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो । फाउन्डेसनका अध्यक्ष डा. विनोद खड्काले सम्मेलनले सञ्जाल निर्माण, विचार आदान प्रदान र योगदानका तरिकाहरू खोज्ने विश्वास व्यक्त गर्नुभयो ।
फाउन्डेसनका सचिव डा. जीवन लामिछानेका अनुसार सम्मेलनमा करिब ३ सय जना विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुनेछन् ।
सन् १९९७ बाट सुरुवात भएको फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयाे ।
उहाँका अनुसार शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन फाउन्डेसन सक्रिय हुँदै आइरहेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा रुचि राख्ने प्रवासी नेपालीहरूको बढ्दो सङ्ख्याको साथ अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपाललाई आफ्नो स्वास्थ्य लक्ष्यमा पुर्याउनका लागि अमेरिकाबाट थप विशेषज्ञता र स्रोतहरू जुटाउने प्रयास गर्दै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत