डा .सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी थपिएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. शर्मालाई महाशाखा प्रमुखसहित बीमा बोर्डको निमित्त निर्देशकको थप जिम्मेवारी दिनुभएको हो ।
मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नगरेसम्म उहाँलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको थप जिम्मेवारी दिइएको हो। बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबारदेखि सकिएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत