यूरोपमा दादुराको संक्रमण ४५ गुणाले बढ्यो

यूरोपमा डरलाग्दो गतिमा दाुदुराका केस बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जानकारी दिएको छ । यूरोपमा ४५ गुणाले दादुराको केस बढेको छ ।
खोप लगाउने दरमा गिरावट आएको र कोभिड महामारी पछि विदेश यात्रामा भएको वृद्धिका कारण यूरोपमा दादुरा संक्रमण फैलिएको डब्ल्यूएचओको भनाइ छ । विश्वका नेताहरुले दादुराका केस बढिरहेको र अन्तराष्ट्रिय यात्राले यो अझै फैलनसक्ने खतरा बढेको बताएका छन् ।
सन् २०२२ मा यूरोपमा दादुराका ९४१ केस रहेकोमा सन् २०२३ मा दादुराको केस ४५ गुणाले बढेर ४२ हजार पुगेको छ ।
दादुराका केस हालैका महिनाहरुमा बढिरहेका देखिएकाले बालबालिकालाई पूर्ण खोपको सुनिश्चितता गराएर मात्रै विदेश यात्रा गर्न अभिभावकहरुलाई सुझाव दिइएको छ ।
यूरोपका लागि डब्ल्यूएचओ यूरोपका क्षेत्रिय निर्देशक डा. हंस क्लुगेले बालबालिकालाई खतरनाक रोग दादुराबाट जोगाउने एक मात्र उपाय खोप रहेको बताउनुभएको छ ।
दादुरालाई फैलन नदिन यूरोपमा तत्कालै खोपको आवश्यक रहेको उहाँले बताउनुभयो । ‘पाँच बालबालिकामध्ये दुईलाई दादुराको संक्रमण देखिएको र उनीहरुको उमेर एक देखि चार वर्षको थियो, उहाँले भन्नुभयो ‘जबकी संक्रमण देखिएका पाँचमध्ये एक जना २० वर्ष वा सो भन्दा माथि उमेरको थियो । ’
बेलायतले दादुरा रुबेलाको खोप अभियान घोषणा गरेको छ । दादुरा मिजल्स भाइरसबाट हुने अति सङ्क्रामक रोग हो। यो रोग जुनसुकै उमेर समूहका मानिसलाई र विशेष गरी बालबालिका बढी जोखिममा पर्दछन् ।
तपाईँको अभिमत