कोरोना खोप विकासमा योगदान गर्ने वैज्ञानिकलाई नोबेल पुरस्कार
कोभिड–१९ विरुद्धको खोप विकासका लागि सिद्धान्त पत्ता लगाउने वैज्ञानिकले नोबेल पुरस्कार पाएका छन् । क्याटालिन कारिको र ड्र्यू वेइसम्यानले फिजियोलोजी तथा मेडिसिनतर्फ २०२३ को नोबेल पुरस्कार पाएका हुन् ।
सीएनएनमा प्रकाशित खबर अनुसार हंगेरी मूलकी कारिको बायोकेमिस्ट र वेइसम्यान अमेरिकी चिकित्सक हुन् । दुवै जना पेन्सिलभेनिया विश्व विद्यायलका प्राध्यापक हुन् ।
वैज्ञानिकद्वयले कोभिड–१९ खोप आविष्कारमा सहयोग पुर्याउने गरी खोपको एमआरएनए प्रविधि प्रतिपादन गरेका थिए ।
एमआरएनए सिद्धान्तमा आधारित भएर कोभिड–१९ विरुद्धका मोडर्ना, फाइजर र बायोटेक खोप बनाइएको थियो ।
कारिको र वेइसम्यानले २००५ प्रकाशन गरेको एउटा अनुसन्धान पेपरमा एमआरएनए प्रविधिबारे उल्लेख गरेका थिए ।
त्यतिबेला त्यसबारे खासै ध्यान नदिएपनि महामारीको मानवताका लागि काम गरेको नोबेल पुरस्कार समितिले बताएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत