कोरोनासँगै भारतमा बर्ड फ्लूको त्रास

फाइल फोटो
अ +
अ -
एजेन्सी । कोरोना भाइरस संक्रमणले आक्रान्त भएको भारतमा बर्ड फ्लूको पनि जोखिम बढेको छ । भारतीय सञ्चार माध्यममा आएका खबर अनुसार भारतका विभिन्न राज्यमा वर्ड फ्लू भेटिएको छ । कतिपय ठाउँमा पंक्षीहरुको ठूलो संख्यामा मृत्यु हुँदा बर्ड फ्लूको आशंका गरिएको छ ।
हिमाञ्चल प्रदेश, मध्य प्रदेश र केरलामा बर्ड फ्लू को पुष्टि भएको भारतीय मिडियाले खरब दिएका छन् । राजस्थान र गुजरात राज्यमा पंक्षीहरुको मृत्यु भएको छ । राजस्थानमा २५० र गुजरातमा करिब १०० पंक्षीहरुको मृत्यु भएको छ ।
हिमाञ्चलमा १७ सय र मध्यप्रदेशमा ३ सय भन्दा धेरै पंक्षीको मृत्यु भएपछि परीक्षण गर्दा बर्ड बर्ड फ्लू फेला परेको भारतीय मिडियाले खबर दिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत