वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकाे एन्जिओप्लाष्टि गरियाे

फाइल तस्विर ।
काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई मुटुको समस्या भएपछि एन्जिओप्लाष्टि गरिएको छ । उहाँलाई आज विहान २ बजे गम्भिर अवस्थामा बाँसवारीस्थित सहिद गंगालाल अस्पताल पुर्याएको थियो । अस्पताल पुग्दा मुटुको ३ वटै नसा ब्लक भइसकेकाले उहाँको एन्जिओप्लाष्टि गरिएको उपचारमा संलग्न इन्टरभेन्स्नल कार्डियोलोजिष्ट डा.धर्मनाथ यादवले जानकारी दिनुभयो ।
‘एकदमै गम्भिर अवस्थामा अस्पताल आउनुभएको थियो, पहिला पनि उहाँलाई मुटुको समस्या देखिएकाले हामीले नसा ब्लक भयो की भनेर जाँच गर्यौ । तीन नसा मध्ये एउटा नसा ९९ प्रतिशत ब्लक भइसकेको रहेछ, त्यसैले उहाँलाई बेस्सरी छाती दुखेको थियो, यादवले भन्नुभयो श्रेष्ठको अवस्था हृदयघात हुनु अगाडिको स्टेज थियो । ’
तुरुन्तै एन्जिओप्लास्टी गरेर उहाँको बन्द भएको नसा खुलाएको बताउनुभयो । अगाडिको सबै जाँच गरि विहन ११ वजे गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले श्रेष्ठको अवस्था अहिले सामान्य रहेको र पर्सि डिस्चार्जको तयारी गरिएको बताउनुभयो । शल्यक्रियाको समयमा हरिवंश आचार्य पनि अस्पतालमै हुनुन्थ्यो । श्रेष्ठ केही समय अगाडि मात्रै कोरोना संक्रमण भई उपचार पश्चात् डिस्चार्ज हुनुभएको थियो ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत