न्यूट्रास्युटिकल्सलाई औषधिका रुपमा बिक्रि वितरण गर्न पाइदैन : स्वास्थ्य मन्त्रालय

नियामक निकायहरुमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल ट्याब्लेट, क्याप्सुल झोलहरु न्यूट्रास्युटिकल्सका नाममा औषधि पसलहरुबाट बिक्रि वितरण भइरहेकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रायलका अनुसार स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज (Vitamin Calcium, Iron Magnesium जस्ता minerals र micronutrients) मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल झोलहरु) न्यूट्रास्युटिकल्सका नाममा औषधि पसलहरूबाट बिक्रि वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाहरुले सामग्री तथा सेवाहरूको संचालन स्वीकृति नलिई आम नागरिकहरूलाई आकर्षित गर्ने गरि गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार भैरहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले न्युट्रास्युटिकल्सलाई औषधिका रूपमा दर्ता गर्ने वा बिक्री वितरणको अनुमति नदिएको स्पष्ट पारेको छ । यस्ता उत्पादनहरूको जफत र कारबाहीको काम नियमित रूपमा भइरहेको मन्त्रालयले जनाएको छ । वार्षिक ३ हजार भन्दा बढी फार्मेसी अनुगमन भइरहेको र जिल्ला अदालतमा करिब १०० भन्दा बढी मुद्दाहरू दर्ता गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युट्रास्युटिकल्सलाई खाद्य वा आहारपूरक सामग्रीका रूपमा दर्ता गरी बिकि वितरण अनुमति दिएकोमा औषधि व्यवस्था विभागले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वाेच्चले २०८१ वैशाख ३ गते बिक्रि वितरण नगर्न फैसला गरेको थियो ।
जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४५ ९२० मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरि गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नपाइने भएकाले गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थाहरुलाई कानूनबमोजिम कारवाही गर्नु गराउनुहुन सरोकारवाला निकायलाई मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईँको अभिमत