युवा अवस्थामै किन बढ्दैछ हृदयघात ?
भारतीय रियालीटी शो बीग बोसका पूर्व विजेता सिद्धार्थ शुक्लाको ४० वर्षको अल्प आयुमै निधन भएको छ । कडा खालको ह्दय घातका कारण उनको निधन भएको हो । अस्पताल समेत पुर्याउन नभ्याउने यो रोगबाट मुक्तिका लागि शारीरिक ब्यायाम र खानपिननै मुख्य हो । यसबाट बच्न बेलैमा सचेत हुनु आवश्यक छ । यसको बारेमा केही चर्चा गरौं ।
१.के तपाईलाई पनि अचानक हृदयघातहुन सक्छ :
चिकित्सा विज्ञानमा ह्दय घातलाई मायोकार्डियल इनफेक्सनको रुपमा चिनिन्छ । अचानक रुपमा मुटुमा रक्त प्रवाहलाई बढाएपछि कुनै रुपमा रोकावटको अवस्था आउछ । धेरैजसो यो प्लेक जम्मा भएपछि (बोसो र कोलस्टोरलको थुप्रो बसेपछि) हुने गर्छ । रक्त प्रवाहमा अवरोध भएपछि मुटुको बिग्रिएको मांशपेशीलाई झनै बिगारी दिन्छ । यस्तो अवस्थामा छिट्टैनै सचेत भएर चिकित्सकिय सल्लाह लिएर सोही अनुरुपका व्यवहारहरु गर्नुपर्छ ।
अचानक रुपमा देखा पर्ने ह्दय घातलेनै ठूलै क्षति पुर्याउन र आक्रमण गर्न सक्छ भनेहृदयघातहुनु भन्दा केही दिन वा साता अगावै रोगको केही संकेतहरु देखा पर्ने गर्छ ।
२.किन बढ्दैछ ह्दयघात :
अचानक रुपमा आउने ह्दयघात शरीरका लागि खतरनाक हुन सक्छ । यो हुनका लागि कुनै विशेष किसिमको उमेर आवश्यक छैन ।
जीवनशैली, जोखिमपूर्ण तत्वहरु, खानपिन र पैतृक रुपमा आउने गुणहरुले यो हुन सक्छ । यो अवस्था ३० वा ४० को उमेरमा धेरै हुन सक्छ ।
कोभिड लागेकाहरुलाई पनि पछि मुटुको समस्या आउने बताइएकाले यो झनै खतरनाक भएको छ ।
भारतमा ह्दय घातबाट मर्नेको संख्या २०१४ देखिनै लगातार बढ्दो अवस्थामा छ । संयोगकाृ रुपमा आउने जोखिम ५ वर्षको अवधिमा ५३ प्रतिशतले वृद्धि भएको छ ।
३.के बढ्दो तनाव यसको कारण हो जब हामीले युवाहरुमा ह्दय रोगको संख्यामा वृद्दि हुदै गएको पाएका छौ, यस्तो अवस्थामा चिकित्सकले पनि तनाव पनि ठूलै कारण भएको पाएका छौ ।
४.अचानक ह्दयघातका संकेतहरु
अचानक ह्दयघातको विश्वास गर्ने संकेत के छ भने क्रोनिक र छातीको दुखाई दोहोरिएर आउनु हो । दबाव र पीडालाई केही गतिविधिले बढाउने गर्छ । वाकवाकी, अपच, पसिना आउने थकान, टाउको हलुका हुने पीडा काँधसम्म सर्नु लगायतका छन् ।
५.किन ३० देखि ५० को उमेरमा हृदयघात सामान्य
उमेर बढेसँगै ह्दय घातको जोखिम पनि बढ्दै जान्छ। युवा र मध्यम उमेरका मानिसहरु ह्दय घातबाट पीडित हुन थालेका छन् ।हृदयघातर अस्थायी रुपमा मुटु रोकिने ५० वर्ष मुनीका मानिसहरुको मर्ने संख्या धेरै हुन जान्छ । कोभिड–१९ मात झनै रोगबाट मर्नेको संख्यामा वृद्धि भइरहेको छ । विश्वव्यापी तथ्यांक हेर्ने हो भने । ३०–५० का वयस्कहरुमा ह्दय घातमा २ प्रतिशतले बढेको छ । यो विगत १० वर्षको अवधिको हो ।
६.ह्दयघातको जोखिम तत्वहरु
अचानक हुने कार्डियोभास्कुलरमा भएको वृद्धि विशेषगरी जीवनशैलीमा आएको परिवर्तनको कारण मान्न सकिने समग्र चिकित्सकहरुको सुझाव छ । यस्तो अवस्था यो भन्दा पहिले व्याप्त थिएन । यो सामग्री हामीले टाइम्स अफ इण्डियाबाट साभार गरेका हौं।
तपाईँको अभिमत