कोरोना खोपको पहिलो मात्रा लगाएपछि गर्भ रहेमा दोस्रो मात्रा लगाउन हुन्छ कि हुँदैन ?

फाइल फोटो
काठमाडौं । अहिले नेपालसहित विश्वका धेरै देशहरुमा कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ । नेपालमा भारतमा निर्मित कोभिशिल्ड र चीनमा विकास भएको सेरोभेल खोपले आपत्कालिन प्रयोगको अनुमति पाइसकेका छन् ।
यद्यपि हालसम्म कोभिशिल्ड खोपको प्रयोग भइरहेको छ । विश्वमा विकास भएका अहिलेसम्मका कोरोना विरुद्धको खोप गर्भवती र १५ वर्षभन्दा मुनिका बालबालिकालाई परीक्षण नगरिएकाले उक्त समूहका व्यक्तिहरुलाई खोप नदिन विश्व स्वास्थ्य संगठनले सुझाव दिँदै आएको छ ।
कोरोना विरुद्धको खोप गर्भवती हुने योजना रहेका महिलालेसमेत लगाउन नहुने भनिएको छ । तर पहिलो मात्रा खोप लगाएपछि गर्भ रहेको अवस्थामा दोस्रो मात्रा लगाउने कि नलगाउने भन्ने जनचासो बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनकाे प्राविधिक सहयोगमा आयोजना गरेको कोभिड विरुद्धको खोपको विज्ञान र नेपालमा खोप अभियान विषयक अन्तरक्रियामा डा.राहुल प्रधानले दिनुभएको जानकारी अनुसार गर्भको योजना रहेका महिलाले सुरुमा नै खोप लगाउन नहुने र यदि लगाइहालेमा गर्भ रहेमा दोस्रो मात्रा लगाउन हुँदैन । पहिलो मात्रा लगाएको ८ हप्तापछि १२ हप्ताको बीचमा लगाउन पर्ने भएकाले कोरोना विरुद्धको खोप लगाउन हुँदैन ।
तपाईँको अभिमत