थप ३३६ जनालाई कोरोना पुष्टि, ४ संक्रमितकाे मृत्यु
२२६ संक्रमित काेराेनामुक्त

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा ३३६ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २२६ जनाले कोरोना जिते ।
आज थपिएकामध्ये काठमाडौं उपत्यकाका १९८ जना रहेका छन् । यसैगरी २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९७९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको रहेको छ ।
तपाईँको अभिमत