वैज्ञानिकको नयाँ खोज : कोरोनाले गर्भमै शिशुको मृत्यु पनि हुनसक्छ

फाइल फोटो।
कोभिड–१९ बाट गर्भमा रहेको शिशुको मृत्यु समेत हुनसक्ने दावी वैज्ञानिकहरुले गरेका छन् । अर्काइभ्स अफ प्याथोलोजी एण्ड ल्याब्रोटरी मेडिसिनमा गतसाता प्रकाशित अनुसन्धानको रिपोर्टले यस्तो दावी गरेको हो ।
रिपोर्टमा भनिएअनुसार ४४ जना वैज्ञानिको टोलीले १२ देशका स्टीलबर्थ(शिशु मृत जन्मिने)बारे अध्ययन गरेको थियो । साथै यस अध्ययन टोलीले नवजात शिशुको मृत्यु बारेमा पनि अध्ययन गरेको रिपोर्टमा भनिएको छ । अध्यनन ६४ वटा स्टीलबर्थ केशमा गरिएको थियो भने । ४ नवजात शिशुको मृत्युको केशमा पनि अध्ययन भएको थियो ।
अध्ययनमा समेटिएका यी सबै केसमा गर्भवती महिलाले कोभिड–१९ विरुद्ध खोप लगाएका थिएनन् । ती महिला कोरोना संक्रमित भएका थिए ।
शोधकर्ताका अनुसार सबैमा डेल्टा भेरियन्ट पाइएको थियो ।
कोरोना भाइरसले शिशुको नाभीमा क्षति पुर्याउने दावी शोधकर्ताका छ । आमालाई संक्रमण हुँदा रगतको माध्यमबाट नाभीसम्म भाइरस पुग्ने र भाइरसले नाभीलाई काम नगर्ने बनाइ दिनसक्छ । नाभी क्षति भएर काम नगर्दा शिशुलाई चाहिने अक्सिजन नपुगेर मृत्यु हुने सम्भावना हुन्छ ।
अनुसन्धान गरिएका ६८ केसमा ७७ प्रतिशतमा आमा र बच्चाको शरीरलाई जोड्ने मार्ग नाभी नष्ट भएको पाइएको थियो । भाइरसले नाभीको टिशुजलाई मार्ने वैज्ञानिकहरुले बताएका छन् । नाभीबाट बच्चासम्म जाने पोषण तथा अक्सिजनको अभावले शिशुको मृत्यु हुन्छ।
अध्ययनमा सहभागी सबै महिलामा फाइब्रिन नामको प्रोटिन जम्मा भएको पाइएको थियो । यो प्रोटिनले रगतलाई जमाउने काम गर्छ । फाइब्रिन प्रोटिनले नाभीमा रगत जमाउँदा आमाको शरीरबाट नाभीमा अक्सिजन र रगत प्रवेश गर्न पाउँदैन ।
यसरी अक्सिजन र रगत प्रवाह नभएपछि नाभीका कोषहरु नष्ट हुन थाल्छन् । अनावश्यक कोषहरु थुप्रिन थाल्छन् । यिनै नष्ट भएको कोषहरु बढ्दै जाँदा ती आमाबाट आवश्यक तत्व बच्चासम्म जाने मार्गका बाधक बन्न पुग्छन् ।
अनुसन्धानमा सामेल ९५ प्रतिशत केशमा नाभीसँग जोडिएको एक जटिल समस्या पनि देखिएको रिपोर्टले भनेको छ ।
नाभीमा क्रोनिक हिस्टियोसाइटिक इन्टरभिलोसाइटिस नामको दुर्लभ इन्फ्लेमेटरी कोष जमिरहेको थियो ।
यो हुनुको कारण पनि कोरोना संक्रमण नै रहेको वैज्ञानिकको दावी छ। जसरी किटाणु वा अन्य भाइरसको कारण नाभीमा क्षति पुग्छ । कोराना भाइरसका कारण त्यो पूरै नष्ट पनि हुनसक्छ ।
गर्भवती महिलाले लगाएको कोभिड–१९ विरुद्धको खोपका कारण बनेको एन्टीबडी शिशुसम्म पुग्ने कुरा एक अध्ययनले यसअघि नै देखाएको थियो ।
यस कारण आफूसँगै बच्चको समेत सुरुक्षा गर्न गर्भवती महिलाले खोप लगाउनु जरुरी रहेको वैज्ञानिकको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत