हेल्थ असिस्टेन्ट संघ नेपाल(हान)ले गर्यो आन्दोलनको तयारी
काठमाडौं । हेल्थ असिस्टेन्ट संघ नेपाल(हान)ले आन्दोलनको तयारी थालेको छ । आज काठमाडौमा उपत्यका स्तरीय अगुवा स्वास्थ्यकर्मीहरुको भेला गर्दै ट्रेड युनियन र पेशागत संघ संघसंगठनहरुले आफूले उठाएका मागका सम्बोधनका गराउन दबाबस्वरुप देशभर आन्दोलन थाल्ने निर्णय गरेका छन् ।
भेलामा मंसिर ७ गते स्वास्थ्य मन्त्रालयमा उठाएका मागहरू सम्बोधन गराउन देशभर आन्दोलन गर्ने र आफूहरु त्यसको तयारीमा जुटेको हानका अध्यक्ष दाताराम अधिकारीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुको समस्या समाधानमा गम्भीर नभई राज्यले सौताको व्यवहार गरेको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले उठाएका मागहरू सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने र त्यसका लागि सबैलाई सहयोगको अपिल गर्ने बताउनुभयो ।
कोभिड लगायत जनताका अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु/ भेन्टिलेटर लगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता, बीमा लगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टिन, आइसोलेसन र बिदाको व्यवस्था हुनुपर्ने लगायतका माग ट्रेड युनियन र पेशागत संघ संघसंगठनहरुकाे माग छ ।
हेल्थपाटी
तपाईँको अभिमत