कार्य क्षमताका आधारमा मिडवाइफको पोष्टिङ भएन
अ +
अ -
कार्यक्षमताका आधारमा मिडवाइफको पोष्टिङ हुन सकिरहेको छैन । नेपाल नर्सिङ परिषद्का अनुसार हालसम्म २८ जना मिडवाइफ दर्ता भएका छन् । तीमध्ये केही विदेश गइसकेका छन् भने केही मातृशिशु सेवा नभएका अस्पतालहरुमा कार्यरत छन् ।
राष्ट्रिय नर्सिङ तथा मिडवाइफ्री रणनीति सार्वजनिकिकरण कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक गोमादेवी निरौलाले मिडवाइफहरुको सही ठाउँमा पोष्टिङ हुन नसकेको बताउनुभयो ।
उहाँले मातृशिशु सेवा नभएका अस्पतालहरुका मिडवाइफहरुले काम गर्न परिरहेको बताउनुभयो । मातृशिशु सेवा नभएका वीर अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा मिडवाइफको प्रयोग भइरहेको उहाँले बताउनुभयो । सिकेका ज्ञान र सीपका आधारमा पोष्टिङ हुन सके गुणस्तरीय सेवा प्रवाह हुने उहाँको भनाइ छ ।
तपाईँको अभिमत