जर्मनीमा कोरोना खोप नलगाएका व्यक्तिहरुलाई लकडाउन

फाइल तस्विर
जर्मनीमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि खोप नलगाएका व्यक्तिहरुलाई लकडाउनको घोषणा गरिएको छ । खोप नलगाएका व्यक्तिहरुलाई सबै पहुँचमा रोक लगाइएको छ । यद्यपी अत्यावश्यक काम, सुपरमार्केट र औषधिमा भने छुट दिइएको छ ।
यो घोषणासँगै खोप नलगाएका व्यक्तिहरुले अन्य घरका २ जना व्यक्तिलाई मात्रै भेट्न पाउनेछन् । बार र नाइट क्लब बन्द गरिएका छन् । जर्मनीमा गएको एक हप्तामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
आगामी महिनाहरुमा सबैलाई अनिवार्य खोप लगाउने योजनामा नेताहरुले समर्थन जनाउने भएपछि निर्वतमान चान्सलर एन्जेला मर्केल र उहाँका उत्तराधिकारी ओलाफ स्कल्जले खोप नलगाएका व्यक्तिलाई प्रतिवन्ध लगाउने घोषणा गर्नुभएको हो । ओमीक्रोन भेरियन्टले युरोपलाई इपीसेन्टर बनाउने चिन्ता बढेपछि जर्मनीमा खोपलाई अनिवार्य गर्न लकडाउनको घोषणा गरिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत